चितवनमा क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन हुने

SHARE:

भरतपुर, २७ असार ।
चितवनमा शनिबार कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमको भोलि बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गर्नेछन् । तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट खेलकुद विकास समितिका कर्मचारीहरु सहभागी हुनेछन् । उनीहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

यस्तै शनिबार नै मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता पनि हुनेछ । जसमा २४ टोली सहभागी हुने समितिका कार्यालय सचिव रामजी ढकालले जानकारी दिए । युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशबाट ३, बागमती प्रदेश खेलकुद बिकास परिषदबाट ४, प्रदेश युवा परिषद हेटौंडाबाट १ तथा चितवन जिल्ला खेलकुद विकास समितिबाट २ टिम हुनेछ ।

यस्तै बागमती प्रदेशकै अन्य १२ जिल्ला खेलकुद विकास समितिबाट एक-एक टिम सहभागी हुनेछन् । खेल बिहान ८ बजेबाट भरतपुर कभर्ड खलमा सुरु हुने ढकालले जानकारी दिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट