रोट्र्याक्ट क्लव अफ भरतपुरका २२ औँ अध्यक्ष सुशान्त रेग्मीले लिए पदभार

SHARE:

भरतपुर, २५ असार ।

रोट्र्याक्ट क्लव अफ भरतपुरको २१ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत सोमबार दियालो फुडल्यान्ड भरतपुरमा विशेष समारोहको आयोजना गरी रोट्र्याक्ट क्लव अफ भरतपुरको २२ औँ अध्यक्षमा रोट्याक्टर सुशान्त रेग्मी पद स्थापित भएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व उपकुलपति एवम् रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर नोमिनी रोटरीयन प्राध्यापक डा. ईश्वरीप्रसाद ढकालको उपस्थिति रहेको थियो भने विशिष्ट अथितिमा रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर
रोट्याक्टर दिनेश गैरेको उपस्थिति थियो । यसैगरी रोटरी क्लव अफ भरतपुरका रोटरीयनहरु, रोट्याक्ट क्लव अफ भरतपुरका पूर्व अध्यक्षहरु, संस्थापक सदस्यहरु, सदस्यहरु, जोन १४ का अध्यक्षहरुलगायत अन्य रोट्याक्टरहरु गरी कुल ७८ जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रोट्याक्टर सुशान्त रेग्मीलाई रोट्याक डिस्ट्रिक्ट ३२९२ का डि.आर.आर रोट्याक्टर दिनेश गैरेले पद तथा गोपनीयताको सपथ ग्रहण गराई पूर्व अध्यक्षहरुले औपचारिक रुपमा अध्यक्षको पदभार हस्तान्तरण गरेका थिए । यसका साथै अध्यक्ष रेग्मीले आफ्नो बोर्डका पदधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराई औपचारिक रुपमा पदस्थापन गराए । सोही कार्यक्रममा ७ जना नयाँ सदस्यहरुलाई क्लवमा स्वागत गरियो ।

कार्यक्रममा आफ्नो मन्तव्य रख्दै अध्यक्ष रेग्मीले आफ्नो एक वर्षे कार्यकालको कार्ययोजना प्रस्तुत गरे । आफ्नो प्रेसिडेनशियल थिम रुपान्तरणलाई आत्मसात गर्दै वर्षभर संस्था, समाज र क्लवका सदस्यहरुमा सकारात्मक रुपान्तरण ल्याउनका निम्ति काम गर्ने प्रतिबद्धता जनाए ।

यो वर्ष क्लवले अब्रोड स्टडी पार्टनरको रुपमा ग्रेस ईन्ट्र्नेशनल चितवन, ट्राभल पार्टनरको रुपमा ग्लोभल गेटवे ईन्ट्र्नेशनल ट्राभल एन्ड टुर नारायणगढ, हेल्थ पार्टनरको रुपमा देव अस्पताल, चौबिसकोठीसँग सहकार्य गरी आघि बढने अध्यक्ष रेग्मीले कार्यक्रममा जानकारी गराए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट