प्रमुख समाचार

प्रधानमन्त्री ओली

नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा छः प्रधानमन्त्री ओली

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुरुङमार्ग छिट्टै सञ्चालनमा ल्याइने र त्यसले काठमाडौं उपत्यका भित्रने–निस्कने यात्रीलाई सहज हुने विश्वास व्यक्त गरेका

नारायणगढ-मुग्लिन सडक

सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईन खोलामा आज बिहान सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी

बीपी राजमार्ग

बीपी राजमार्ग : थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक ।  बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन राति सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक

अर्थमन्त्री

अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछुट्टै

प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्। त्यसका लागि शुक्रबार बिहान साढे ११ बजे ओली काठमाडौँबाट जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। जनकपुरमा उनले

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्ने तयारी गरेको छ ।  यसका लागि चिनियाँ सात सदस्यीय टोली बिहीबार चितवन आएको छ । अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि चीन सरकारले भवन, आवश्यक उपकरण र जनशक्ति

जिप दुर्घटना

म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते

म्याग्दी । म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। मालिका गाउँपालिका-५ रुन्मामा बुधबार दिउँसो ग २ च ४३९२ नम्बरको बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।दरवाङबाट रुन्मातर्फ

उत्तरकाशी

उत्तरकाशीमा हराइरहेका २६ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपालीको विवरण सार्वजनिक गरिएको छ । भातरस्थित नेपाली दूतावासले नेपालीको नाम सार्वजनिक गरेको छ । जसमा २६ नेपाली छन् । दूतावासले उत्तरकाशीमा २१

प्रचण्ड

सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा युवाहरूले आफूलाई उभ्याउनु पर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवाहरूले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताएका छन् । अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै युवाहरूको ऊर्जाशीलता,

दुर्घटना

सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते

काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका-३, जलुवाटोलमा आज (सोमबार) बिहान बस र विङ्गर ठोकिँदा ३ जनाको मृत्यु भएको छ भने २० व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार बिहान ७:१५ बजेतिर काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे

अन्तिम सोमबार

आज साउनको अन्तिम सोमबार, पशुपतिनाथमा भक्तजनको घुँइचो

काठमाडौ । आज साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ। पशुपतिनाथ दर्शनको लागि हजारौँ भक्तजन उज्यालो नहुँदै पशुपति क्षेत्रमा पुगेका छन्। आज बिहान ३ बजेदेखि नै पशुपतिका चारै

पाटेबाघ

पर्साको ठोरीमा पाटेबाघ मृत भेटियो

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ माली बस्ती नजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ । आज बिहान ७ः३० बजे आसपास हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ बाघ मृत अवस्थामा भेटिएको पर्सा प्रहरीका सूचना अधिकारी